रोनाल्डोद्वारा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरी


१० असार २०७८, बिहीबार
cristiano ronaldo ioCHWkfAbP

काठमाडौं, १० असार । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने इरानका खेलाडी अली दाइसँगको कीर्तिमान बराबरी गरेका छन् । हिजो फ्रान्ससँगको खेलमा दुई गोल गरेका रोनाल्डोले इरानका अली दाइसँगै एक सय नौ गोलको अन्तर्राष्ट्रिय रेकर्ड बराबरी गरेका हुन् ।

सन् १९९३ देखि २००६ सम्म इरानका अली दाइले १ सय ९ गोलको कीर्तिमान बनाएका थिए । उनीसँगै अब रोनाल्डो पनि कीर्तिमान बनाउन सफल भएका छन् । रोनाल्डो र दाइले मात्रै अन्तर्राष्ट्रिय फुटबलमा ९० भन्दा धेरै गोल गरेका छन् ।

अरु कुनै पनि खेलाडीले ९० भन्दा धेरै गोल गर्न सकेका छैनन् । रोनाल्डोले यसअघि नै युरोकपमा सर्वाधिक गोलको रेकर्ड बनाइसकेका छन् । रोनाल्डोले विश्वकप र युरोकपमा संयुक्त रुपमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान समेत तोडेका छन् । रोनाल्डोले दुवै प्रतियोगितामा २१ गोल गरेका छन् ।

capture 2462021025031 1000x0 1

यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुगेको छ । इरानका अली देईले पनि इरानका लागि सन् १९९३ देखि २००६ खेलेर १ सय ९ गोल गरेका छन् । रोनाल्डो र दाइ नै ९० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने दुई मात्र पुरुष खेलाडी हुन् ।

त्यस्तै रोनाल्डो युरो कपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने पहिलो पोर्चुगिज खेलाडी पनि बनेका छन् । रोनाल्डोले युरो २०२० को पहिलो खेलमा हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरेका थिए । पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो भने जर्मनीसँग ४–२ ले हारेको थियो ।

यस कीर्तिमानको बराबरीपछि ३६ वर्षीय रोनाल्डो विश्व फुटबलकै सर्वकालीन महान खेलाडीको हैसियतका लागि अझ बलियो प्रत्यासी बनेका छन् । उनी युरो र युरोपेली च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७