कोभिड कोषमा एनआरएनए कुवेतद्वारा १७ लाख सहयोग


१० असार २०७८, बिहीबार
covid kosh 1

काठमाडौ, असार १० गते । एनआरएनए कुवेतले एनआरएनए कोभिड ईमर्जेन्सि फन्डका लागि करिब १७ लाख रूपैयॉ प्रदान गरेको छ ।

बिहिबार एनआआरआनए केन्द्रीय सदस्य अमित चाम्लिङलगायका प्रतिनिधिहरूले बालुवाटारमा रहेको सचिवालयलाई रकम हस्तान्तरण गरेको हो। रकम ग्रहण गर्दै एनआरएनएका सिईओ राजेश राणाले सहयोगी प्रति धन्यबाद दिए ।

एनआरएनएले स्थापना गरेको कोषमा कुवेत लगायतका मध्यपूर्वी देशहरूबाट करिब १ करोड रूपैयॉ बराबरको सहयोग यसअघि नै सरकारलाई हस्तान्तरण गरिएको छ । सहयोगमा अक्सिजन सिलिन्डर, रेगुलेटर, अक्सिजन कन्सरट्रेटरलगायतका सामान थिए । मध्यपूर्वी देशहरूमा करिब २० लाख श्रमिकहरू रहेका छन् ।

चाम्लिङका अनुसार कुवेतमा मात्र करिब ७० हजार नेपाली श्रमिकहरू रहेका छन् । प्रदान गरिएको सहयोगमा एनआरएनए कुवेतको सहयोग कोषबाट २ लाख योगदान छ । बॉकि विभिन्न संघ संस्था तथा ब्यक्तिहरूबाट संकलन गरिएको रकम हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७