बेलायतमा भिसी तुलबहादुर पुनको नाममा बेलायती रेल सञ्चालन


१० असार २०७८, बिहीबार
vc

काठमाडौं, १० असार । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो ।

HQBG GWR VC Train Naming 23 Jun 21 48 WEB

लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको हो । बिहान १० बजे शुरु भएको त्यस समारोहमा लामो समयदेखि भूपू गोरखा सैनिकका हक हितका लागि सङ्घर्षरत बेलायतकी चर्चित नायिका जोअना लुम्ले पनि सहभागी थिइन् । लुम्लेका पिता जेम्स रुथफोर्ड लुम्ले पनि तुलबहादुरसँगैको बटालियनमा कार्यरत थिए ।

119033611 mediaitem119033610

आफू सानै छँदा भिसी पुनलाई भेट्दा आफ्ना बाबाको हालखबर सोधेको र त्यो बेला आफूले बाबा गुमाइसकेको बताउँदा ‘अब तिमी मेरी छोरी सरह नै हौ’ भनेर आफूलाई परिवारकै सदस्यको दर्जामा राखेको भावनात्मक भनाइले मन छोएको कहिल्यै भुल्न नसकेको नायिका लुम्लेले बताएको गैरआवासीय नेपाली सङ्घ यूकेका पूर्व अध्यक्ष योगकुमार फगामीले बताए ।

कार्यक्रममा भिसी पुनका छोरा अर्जुन तिलिजा र छोरी मेघकुमारी पुनसहित केही नेपालीको उपस्थिति थियो । भिसी पुनले भिक्टोरिया क्रस प्राप्त गरेको दिनको अवसरमा भएको त्यस कार्यक्रममा नेपाली समाजका धर्म तामाङ, ज्ञानराज राई, कृष्णबहादुर राई, धन गुरुङ, मनीकुमार राई र ग्यारी घलेको उपस्थिति थियो । व्यक्तिगत रूपमा तुलबहादुर पुनलाई सम्मान गरेको मात्र नभई यसले नेपाल र नेपालीले गौरव गर्नुपर्ने कार्य भएको फगामीले बताए ।

TRAIN GURKHA STILLS3 2306

बेलायतले नेपालप्रति गरेको सम्मानका रूपमा पनि हेरेको उनको भनाइ थियो । उनले यति राम्रो र उल्लेखनीय कार्य हुँदा यहाँका कुनै सरकारी निकायका प्रतिनिधि तथा भूपू गोर्खाका सङ्गठनका प्रतिनिधि र नेपाली सङ्घसंस्थाका प्रतिनिधिलाई समेत सामेल गराउन सकेको भए अझै सुनमा सुगन्ध हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७