अफ्रिकाकी यी महिलाले एकैपल्ट १० बच्चा जन्माएको खबर झुठो चर्चा


१० असार २०७८, बिहीबार
8125907ff0959a32edb2576a517645a5 w1000 h500 cp

काठमाडौं, १० असार । दक्षिण अफ्रिकाकी एक महिलाले हालै एकै पटक १० वटा सन्तान जन्माएको भनेर समाचारहरु आएका थिए । यो खबर सत्य भइदिएको भए उनी एकै पटक बढी सन्तान जमाउने विश्वकै पहिलो महिला हुने थिइन् ।

तर एकैपटक १० वटा बच्चा जन्मिएको खबर झुठो दाबी मात्र भएको र त्यो खबर असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ । बीबीसीका अनुसार ३७ वर्षकी गोसियामे थामरा सिथोले १० वटा सन्तान जन्माएको खबर आएका थिए, उनले खाउटेङ् प्रान्तको अस्पतालमा बच्चा जन्माएको बताइएको थियो ।

तर त्यहाँका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जानकारी दिएको हो । स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको बताइएको छ । ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७