ओली भन्दा कांग्रेस सय गुणा वामपन्थी : प्रचण्ड


१० असार २०७८, बिहीबार
Prachanda

काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले कांग्रेस सय गुणा वामपन्थी भएको बताएका छन् ।

आज (बिहीबार) बानेश्वरस्थित संसद भवनमा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आफूहरुले गठबन्धन बनाएर आन्दोलन गर्न थालेपछि ओलीले आफूलाई फोन गरेर ‘तपाई बामपन्थीको सरकार ढालेर काँग्रेससँग मिलेर के गर्न लाग्नुभएको ?’ भनेर सोध्दा आफूले ‘कांग्रेस त तपाई भन्दा धेरै वामपन्थी रहेको भन्ने जवाफ दिएको बताए ।

‘कांग्रेस लोकतन्त्रको रक्षाका लागि हिँडेको छ । संविधानको रक्षाका लागि हिँडेको छ । तपाई लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको छ । अनि कसरी तपाई वामपन्थी र काँग्रेस दक्षिणपन्थी ?’, आफूले ओलीलाई दिएको जवाफ उधृत गर्दै प्रचण्डले ओलीभन्दा काँग्रेस धेरै वामपन्थी रहेको बताए ।

उनले दशकौंदेखिको संघर्षबाट बनको संविधान जोगाउन फेरि संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन् । प्रचण्डले भने, ‘पाँच दलीय गठबन्धन लामै छलफलबाट बनेको हो । पछिसम्मै जान्छ । दशकौंदेखि संघर्षबाट बनेको संविधान जोगाउन हाम्रो संघर्ष जारी छ ।’

अन्तरक्रियामा उनले चुनावका बेला जनतासामु भन्ने गरेका लोकतन्त्रको आधारभूत मान्यताको रक्षा गर्नका लागि काम गरेका बताए । देशमा विभिन्न चलखेल भइरहेको उल्लेख गर्दै राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी आएको अहिले आफूहरूसामू रहेको उनले भनाइ राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७