प्रधानमन्त्रीले विचित्रै गर्नु भो, कुर्सी जोगाउन बाटोबाट टिपेर मन्त्री बनाउनु भयो : प्रचण्ड


१० असार २०७८, बिहीबार
prachanda1

काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलको गठबन्धन बताउँदा धेरै अप्ठ्यारोको सामना गर्नु परेको बताएका छन् ।

सम्पदकहरुसँगको अन्तरक्रियामा प्रचण्डले पाँच पूर्व प्रधानमन्त्रीले जिम्मेवारीका साथ अपिल गरेको बताए । ‘विदेशी चलखेललाई रोक्नका लागि सचेत गराउन अपिल गरेका हौं’, उनले भने, ‘परिस्थिति गम्भिर भएरै अपिल गरिएको हो ।’

जस्तो स्थिति आए पनि गठबन्धले सामना गर्ने उनले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीका लागि जे पनि गर्न तयार रहेको बताए । प्रचण्डले आफूहरुले पनि त्रुटी गरेको बताउँदै त्यसलाई सच्याउने प्रयास पनि गरेको बताए । जे भनेर कुर्सी पाइन्छ त्यो गर्ने र भन्ने प्रवृत्ति प्रधानमन्त्रीमा रहेको उनको भनाई छ । राष्ट्रको र लोकतन्त्रको पक्षमा गठबन्धन अगाडि जाने उनले प्रष्ट्याए ।

केपी ओलीले कुर्सी जोगाउन बाटोबाट टिपेर मन्त्री बनाएको उनको आरोप छ । ‘म नै राज्य हुँ भनेर हिँड्नु भएको छ’, उनले भने, ’उहाँले विचित्र गर्नु भयो ।’ आफू भएको भए यस्तो स्थितिमा बालुवाटारमा बस्न नसक्ने उनको भनाई छ ।

‘अदालतको आदेश पछि पदमुक्त भएका मन्त्रीहरुलाई बोलाएर गाडी छोड्न पनि पर्दैन क्वाटर छोड्न पनि पर्दैन । यसो झण्डा छोपेर हिँडे हुन्छ म मिलाउँछु भन्नु भएछ’, उनले भने ’ उहाँले मुख छोपेर कपडा खोलेर हिँड्दा हुन्छ भने जस्तो गर्नु भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७