भन्सार छलेर २३ किलो सुन भित्र्याएको आरोपमा साढे १८ करोड बिगोसहित मुद्दा दायर


१० असार २०७८, बिहीबार
rajaswa anusandhan

काठमाडौं, १० असार । भन्सार छलेर झण्डै २३ किलो सुन र गहनाको कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध भन्सार राजस्व छलीको मुद्दा दायर भएको छ ।

भारतको रक्सौल स्थायी ठेगाना भइ पर्साको वीरगञ्ज महानगरपालिका रेशमकोठीमा बस्ने अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाले २२ हजार नौ सय ५७ ग्राम सुन र एक हजार ७८ ग्राम चाँदीको अवैध कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।

उनीहरूबाट १८ करोड ६५ लाख दुई हजार बिगो असुल गरेर हदैसम्मको कैदको पनि माग गरिएको छ । भन्सार छलेर ल्याएको सुन र गरगहनाको अवैध कारोबार गरेर उनीहरूले राज्यलाई करोडौं रुपैयाँ नोक्सानी पुर्‍याएको विभागको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७