राष्ट्रपतिको पूर्व राजाहरुको जति पनि मान भएन : प्रचण्ड


१० असार २०७८, बिहीबार
Prachanda

काठमाडौं, १० असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको पूर्व राजाहरुको जति मान सम्मान पनि नभएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले राज्यका संवैधानिक अंगहरु इतिहासमै सवैभन्दा कमजोर अहिले रहेको टिप्पणी गरे ।

‘राज्यका अंगहरु अहिले जति कमजोर कहिल्यै देखिएका थिएनन् । अख्तियार, निर्वाचन आयोग, हुँदा हुँदा राष्ट्रपति कार्यालय हेर्नुस् त’, प्रचण्डले भने ‘संविधानको रक्षक भनेर हामीले बनाएको राष्ट्रपति संस्था भन्नेको त न मान, न सम्मान र इज्जत ? बरु हिजोको राजाहरुको मान सम्मान थियो ।’

उनले एकपछि अर्को संविधानको धारा कुल्चँदै हिँडेकाले राष्ट्रपति संस्थाको गरिमा हराएको बताए । प्रचण्डले अहिले सत्य र असत्यबीच राष्ट्रहित र राष्ट्रको अहित चाहने बीचको लडाइ भइरहेको भन्दै राष्ट्र, संविधान र लोकतन्त्रलाई बचाउनै पर्ने आवश्यक्ता भएर संघर्ष गर्नुपरेको बताए । यो संघर्षमा सवैको सहयोग जरुरी रहेकाले सहयोग गर्न अपिल समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७