एनआई सी एशिया बैंकको जिंगल प्रयोग गरेर टिकटक भिडियो बनाउँदा आकर्षक उपहार


१० असार २०७८, बिहीबार
PR on Tiktok Video Challenge Zj6pQ9mmq6

काठमाडौं, १० असार । एनआई सी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ ।

२०७८ असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ ।

यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सकिने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था गर्ने बैंकले जनाएको छ ।

‘टिकटक भिडियो च्यालेन्ज’ मा सहभागी हुनको लागि सहभागीले बैंकको आधिकारिक टिकटक पेज फलो गर्नुपर्नेछ । सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई ट्याग एवं @NICASIABankOfficial, #nicasiabank, #mobankgarau  समेत उल्लेख गरेर सार्वजनिक रुपमा सेयर गर्नुपर्नेछ ।

अपलोड भएका ६ वटा थिमका भिडियोहरू मध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक÷एक वटा भिडियो विजयी हुनेछन् । विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ । यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७