कोपा अमेरिका : उरुग्वेले बोलिभियालाई हरायो


११ असार २०७८, शुक्रबार
urugwe

काठमाडौं, ११ असार । बोलिभियालाई २–० ले हराउँदै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
ब्राजिलमा आज बिहान सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले एक गोल गरे ।

बोलिभियाका कार्लोस लाम्पेले एक आत्माघाति गोल गरेका थिए । जितसँगै उरुग्वेले ३ खेलबाट ४ अंक जोड्दै प्रतियोगिताको क्वाटरफाईनलमा ठाउँ पक्का गर्‍यो । यही समूहको अर्को खेलमा अहिले चिली र पाराग्वे भिडिरहेका छन् ।

समूह ‘ए’ को अंक तालिकामा अर्जेन्टिना ७ अंहसहित शीर्ष स्थानमा छ । चिली ५ अंकसहित दोस्रो स्थानमा छ भने ४ अंक जोडेको उरुग्वे तेस्रो, ३ अंक जोडेको पाराग्वे चौथो तथा अंकबिहीन बोलिभिया पाँचौ स्थानमा रहेका छन् । समूहका ५ मध्ये ४ टोली क्वाटर फाईनलमा पुग्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७