आज यी जिल्लामा बाढीको जोखिम, होशियार रहन आग्रह (सूचनासहित)


११ असार २०७८, शुक्रबार
tarai duban 4

काठमाडौं, ११ असार । आज (शुक्रबार) देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बर्षाका कारण आज आज कोशी र यसका स–साना सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ । बिहानको मापनानुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पश्चिम राप्ती, बबईमा बहाव केही बढ्ने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । कन्काई, कमला, वागमती, जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी वर्षा भई बहाव बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही, दाङ, मुगु, डोल्पा, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सके पूर्वानुमान छ ।

ba

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७