चीनको मार्सल आर्ट्स् विद्यालयमा आगलागी, १८ जनाको गयो ज्यान


११ असार २०७८, शुक्रबार

काठमाडौं, ११ असार । चीनको मार्सल आर्ट्स् विद्यालयमा आगलागी हुँदा १८ जनाको ज्यान गएको छ । यस्तै आगलागीमा परि १६ जना घाइते भएका छन् ।

हेनान प्रान्तको झेचेंग काउन्टीमा बिहान आगलागी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा धेरैजसो ७ देखि १६ वर्षका रहेका छन् । आगलागी भएका बेला विद्यालयमा ३४ जना विद्यार्थी थिए । आगो लाग्नुको कारण खुलेको छैन । आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७