वरिष्ठ अधिवक्ता अर्यालको बहस : राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतको हद


११ असार २०७८, शुक्रबार
hari

काठमाडौंं, ११ असार । संसद विघटनविरुद्धको रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण देखिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै उनले प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ खाएको स्मरण समेत गराएका छन् । ‘त्यो भनेको उहाँले विश्वासको मत लिन्छु भनेर शपथ खानु भयो तर, आफैले खाएको शपथको पालना गर्नुभएन,’ रिट निवेदकका तर्फबाट बहस गर्दै उनले भने ।

sambaidhanik ijalas court urmsgkJUDR 2

राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइ दिनु पर्नेमा टिकट टाँसेको चिठी (जसपा र प्रधानमन्त्रीले पठाएको) लाई आधार मानेर वदनियतपूर्ण निर्णय गरेको उनको भनाइ छ ।

संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा पनि बदनियत राखिएको उनले जिकिर गरे । ‘यो बदनियतको हद हो । राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन ।’ त्यस्तो अधिकार दिइएको भए संविधानमै प्रस्ट लेखिन्थ्यो भन्ने उनको तर्क थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७