संसदीय व्यवस्थामा प्रधानमन्त्रीले सनक देखाउन पाउँदैनन् : वरिष्ठ अधिवक्ता अर्याल


११ असार २०७८, शुक्रबार
hari

काठमाडौंं, ११ असार । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले असंवैधानिक कदमलाई कुनै हालतमा छुट दिन नमिल्ने बताएका छन् । आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले मनलाग्दी गर्न नपाउने बताए ।

‘अहिले सुधारिएको संसदीय व्यवस्था भनिएको छ । यो संसदीय व्यवस्थामा पहिलेझैं प्रधानमन्त्रीले सनक देखाउन पाउँदैनन्’, उनले भने, ‘असंवैधानिक कदमलाई जहाँबाट भए पनि छुट हुँदैन । अब आदेश राष्ट्रपति कार्यालयमा पठाउने हो । प्रधानमन्त्रीलाई संसदमा विश्वासको मत परीक्षणका लागि पठाउने हो ।’

संसद् विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा आज तेस्रो दिन पनि बहस जारी रहेको हो । अहिले निवेदकका तर्फबाट बहस भइरहेको छ । निवेदकका तर्फबाट १५ घण्टा बहस गरिने छ । त्यसपछि प्रतिवादीका तर्फबाट पनि १५ घण्टा नै बहस गरिने छ । एमिकस क्युरीका चार जनाले आफ्नो राय दुई घण्टाभित्र राख्ने छन् । त्यसपछि सुनुवाइको प्रक्रिया शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७