राष्ट्रगानका गायक अजय थापाको कोरोनाबाट मृत्यु


११ असार २०७८, शुक्रबार
bf68fa55379f9bff389adaf0c2de1850 w1000 h500 cp 1

काठमाडौं, ११ असार । नेपाली राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी’ का गायकमध्येका एक अजय थापाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका पत्नी राधा थापा समेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत छन् । उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् ।

छोरीहरु बिहीबार काठमाडौं आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताए । विसं २०६२÷६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको संगीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७