संवैधानिक इजलासमा आजको बहस सकियो, निवेदक पक्षको समय अब साढे दुई घण्टा बाँकी


११ असार २०७८, शुक्रबार
sambaidhanik ijalas court urmsgkJUDR 2

काठमाडौं, ११ असार । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक पक्षले आइतबार पनि बहस गर्ने भएका छन् । अन्तिम सुनुवाइका लागि १२ घण्टा समय तोकिएकोमा अझै उनीहरुको लागि २ घण्टा ३५ मिनेट समय बाँकी रहेको हो ।

शुक्रबार निवेदक पक्षबाट बरिष्ठ अधिवक्ताहरु श्रीहरी अर्याल, दिनमणी पोख्रेल, सुनिल पोख्रेल, टिकाराम भट्टराई, मुक्ति प्रधान र गोपाल कृष्ण घिमिरेले बहस गरेका छन् ।

आइतबार चिया समयभन्दा पहिलेसम्म निवेदक पक्षले बहस गर्नेछन् । त्यसपछि सरकार पक्ष अथवा निवदनका विपक्षीले बहस गर्नेछन् ।
उनीहरुका लागि १५ घण्टा समय दिइएको छ । विपक्षीमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट छुट्टाछुट्टै बहस हुनेछ । त्यसको प्रत्युतरमा निवेदक पक्षले फेरि ३ घण्टा समय पाउने छन् । एमिकस क्युरीले २ घण्टा राय दिने छन् । त्यसपछि मुद्दाको फैसला हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७