‘दियालो फुडल्याण्ड’ मा पौडेल पक्षको बैठक, छलफल महाधिवेशन रणनीतिमा केन्द्रीत


११ असार २०७८, शुक्रबार
RamChandra Paudel

काठमाडौं, ११ असार । कांग्रेसको आगामी १४ औं महाधिवेशनको उम्मेद्वारीका लागि पार्टी सभापति शेरबहादुर देउवा तीब्र तयारीमा रहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सक्रियता बढाएका छन् । आसन्न महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक वसुन्धारास्थित ‘दियालो फुडल्याण्ड’ मा शुरू भएको छ ।

जारी बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ । महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल अगाडि बढाएका हुन् ।

ramchandra

वरिष्ठ नेता पौडेलसहित सो समूहमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सभापति पदका आकांक्षी छन् । बसुन्धरास्थित दियालो फुडल्याण्डमा भइरहेको छलफलमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, कल्याण गुरुङ, बद्री पाण्डे, गुरु घिमिरे, जीवन परियार र कमला पन्त उपस्थित छन् ।

कांग्रेसले आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने भएको छ । सभापतिको उम्मेदवारी दाबी गरेका पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गरेर उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७