काठमाडौं महानगरले तोक्यो घर–जग्गाको मूल्य, कहाँको कति ? (सूचीसहित)


११ असार २०७८, शुक्रबार
kathmandu valley 2nd ring rode

काठमाडौं, ११ असार । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्रका घर–जग्गाको मूल्य तोकेको छ ।महानगरपालिकाले घर–जग्गा मूल्याङ्कनमा पुरानै व्यवस्थालाई कायम राखेको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रका प्रमुख सडक एवं सडकको दायाँ–बायाँका जग्गाहरुको सम्पत्ति कर मूल्याङ्कन सार्वजनिक गरेको छ ।
मनोहरा पुल– तीनकुने–चावहिलसम्मको प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ । नयाँ बानेश्वरदेखि त्रिपुरेश्वरसम्मको मुख्य सडक क्षेत्रको मूल्य ३२ हजार रुपैयाँ मूल्याङ्कन हुने महानगरले जनाएको छ ।

चक्रपथको वनस्थलीदेखि नारायणगोपाल चोक–धोबीखोला पुलसम्म २८ लाख रुपैयाँ तोकिएको छ । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको २८ लाख मूल्याङ्कन हुनेछ ।

काठमाडौंको सबैभन्दा बढी न्युरोड सडक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ । त्यसैगरी केशरमहल, ठमेल, असन, वीर अस्पताल, वायुसेवा निगम, पुराने बसपार्क, पुतलीसडक, बागबजारमा ५० लाख मूल्यांकन नै गरिएको छ ।

कालीमाटी चोकदेखि बल्खु क्षेत्रमा २५ लाख रुपैयाँ रहेको छ । काठमाडौं महानगरपालिकाले बाटो नभएका सडकमा वर्गअनुसार मूल्य निर्धारण गरेको छ । घट्टेकुलो चोक, अनामनगर, कालिका स्थान, कृष्णपाउरोटी, कमलपोखरी क्षेत्रमा २८ लाख तोकिएको छ ।
हेर्नुस् कहाँको घर–जग्गाको मूल्य कति ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७