आयल निगम घाटामा छ, अझै मूल्य बढ्न सक्छ : प्रवन्ध निर्देशक पौडेल


११ असार २०७८, शुक्रबार
surendra poudel paudel

काठमाडौं, ११ असार । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ । निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

हाल निगम निरन्तर घाटामा गइरहेको भन्दै उनले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनका लागि मूल्यवृद्धि गरिएको उनले प्रष्ट्याए । आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उनको भनाई छ ।

आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल तथा डिजेल/मट्टीतेलको साबिकको विक्री मूल्यमा २ रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा विक्री मूल्य लागू गरेको छ । यस अनुसार अहिले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य लिटरको ११० रुपैयाँ पुगेको छ ।

यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ । यति वृद्धि गर्दा पनि निगम अझै पनि घाटामा नै रहेको पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७