युरोकप फुटबल : आजदेखि नकआउट चरणका खेल शुरु हुँदै


१२ असार २०७८, शनिबार
eurocup 2 rpFysQudoU

काठमाडौं, १२ असार । युरोकप फुटबलमा आज (शनिबार) देखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल शुरु हुँदैछन् ।
पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दै छन् । समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ‘बी’ को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।

समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।

यस्तै युरो कपमै राति पौने १ बजे इङ्ल्याण्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया खेल्दै छन् । इटलीले समूह चरणका तीन वटै खेल जितेको थियो । अस्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई हराएको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७