दीर्घ कोभिड के कारणले हुन्छ ?


१२ असार २०७८, शनिबार
korona

काठमाडौं, १२ असार । सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन् । महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ ।

सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न सहयोगी गर्ने आस गरेकी थिइन् । उनले यस्ता अधिकतर बिरामी निको हुने गति छिटो हुने अपेक्षा गरेकी थिइन् ।

‘महामारीको सुरुमा यो रोगले दीर्घकालसम्म प्रभाव पार्छ भन्ने थाहा थिएन । हामीले यो रुघा जस्तो केही समयमै निको हुने ठानेका थियौं,’ उनी भन्छिन् । तर उनलाई के थाहा थिएन भने उक्त क्लिनिकमा आएका एक तिहाई बिरामी अझै पनि अस्वस्थ रहनेछन् र काममा फर्कन सक्ने स्थितिमा हुने छैनन् ।

क्लिनिकमा आएका आधाभन्दा बढी बिरामी त अस्पतालमा भर्ना समेत भएका थिएनन् । जतिबेला उक्त क्लिनिक खुल्यो, धेरै स्थानीय अस्पतालका चिकित्सकले हाइटमेनलाई फोन गर्न थाले । उनीहरू धेरै युवा तथा रोगका लक्षण नभएका बिरामीमा रोगका सघन लक्षण देखिएकोमा आचश्चर्यमा परेका थिए ।

ती चिकित्सकको सबैको समान धारणा के थियो भने सुरुमा सामान्य लक्षण देखिएर त्यसपछि धेरै लक्षण एकसाथ देखिएका बिरामी अत्यधिक थिए । यी बिरामीमा रोगका लक्षण केही साता र महिनासम्म रहेको थियो । यो चिकित्साको हिसाबले अनौठो घटना थियो । ‘यी बिरामीलाई अधिकतर अस्पतालले हेरेका थिएनन् किनभने रोगबाट निको भइसकेका बिरामीलाई हेर्ने पोस्ट कोभिड–१९ क्लिनिक उनीहरूसँगै थिए,’ हाइटमेन भन्छिन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७