आप्रवासीबारे समान धारणा बनाउन राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रह


१२ असार २०७८, शनिबार
gueterres HeTqWnieJm

काठमाडौं, १२ असार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आप्रवासीका बारेमा समान धारणा बनाउन युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

युरोपेली संसदको अधिवेशनलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले बिहिवार आप्रवासीको बारेमा समान धारणा बनाइ समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

आउँदा दिनमा युरोपका देशहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ । युरोपमा आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भन्दै आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गरेका हुन् ।

उनले आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेस गरेको पनि महासचिव एन्टोनियो गुटेर्रेसले बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७