थपियो कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद


१२ असार २०७८, शनिबार

काठमाडौं, १२ असार । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो ।

चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पोखरेलले जानकारी दिए । बोर्डले जारी गरेको सूचनामा लेखिएअनुसार रजिष्ट्रेसनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार २०० रुपैयाँ लाग्ने छ ।

रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको छ । कक्षा १२ नियमित, आंशिक / ग्रेडवृद्धि (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७० वा सोभन्दा माथि भएकाले) फारम बुझाउन सक्ने छन् ।

यसैगरी कक्षा ११ को आंशिक/ग्रेडवृद्धि मात्र (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक, ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएका) ले फारम बुझाउन सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७