कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका तीन सांसद फेरि निलम्बित


१२ असार २०७८, शनिबार
1624671105 karnali 1200x560 1

सुर्खेत, १२ असार । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका कर्णालीका तीन प्रदेश सांसद फेरि निलम्बनमा परेका छन् ।
माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार प्रदेश सांसदमध्ये तीन जना फेरि निलम्बनमा परेका हुन् ।

प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकको निर्णय गरे अनुसार भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको जनाएको छ ।

यसअघि पनि तीन मन्त्रीसहित पूर्व मन्त्री प्रकाश ज्वालालाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनर्बहाली गरिदिएको थियो । सरकारका तीन जना एमाले मन्त्री फिर्ता नआएको भन्दै बजेटमाथिको छलफल गर्नुपर्ने बेला एमालेले प्रदेशसभाका बैठक अबरुद्ध गर्दे आएको छ ।

karnali 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७