अमेरिकामा १२ तले भवन ढलेर बेपत्ता हुनेको संख्या १५९ पुग्यो


१२ असार २०७८, शनिबार
119084718 gettyimages 1233636269 l4lb3mK3Dr

काठमाडौं, १२ असार । अमेरिकाको मियामीमा १२ तले भवन ढलेपछि बेपत्ता हुनेको संख्या १५९ पुगेको छ । यस घटनामा ४ जनाको मृत्यु भइसकेको छ । मियामीका मेयर डेडीले बाँचेकाहरू भेटिने आश अझै बाँकी रहेको बताए ।

उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको र जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको खबर उनीहरुबाट प्राप्त भएको मेयरले बताए । बिहीबार बिहानै के कारणले यो ४० वर्ष पुरानो भवन ध्वस्त भयो भन्ने स्पष्ट भइसकेको छैन । यो भवन ढल्दा कति जना मानिसहरु त्यहाँ थिए भन्ने पनि खुलिसकेको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडामा आपतकाल घोषणा गरिसकेका छन् । अब, संघीय आकस्मिक व्यवस्थापन एजेन्सी (फिमा) ले उद्धार कार्यमा राज्यका एजेन्सीहरुलाई सहयोग गर्नेछ । बिहीबार सयौं उद्धारकर्ताहरुले विशेष तालिमप्राप्त कुकुरहरुको सहयोगमा बाँचेकाहरुको खोजी गरे, ती उद्धारकर्ताहरुले सोनार क्यामेरा पनि प्रयोग गरेका थिए । पीडितहरु समक्ष पुग्नाका लागि उद्धारकर्ताहरुले भवनमुनीको अण्डरग्राउन्ड कार पार्कमा हुँदै सुरुङ खन्दै थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७