घरमा बसिरहेका बेला चट्याङ लागेर गयो ज्यान


१२ असार २०७८, शनिबार
chatyang

रौतहट, १२ असार । रौतहटमा आज (शनिबार) बिहानै चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर परोहा नगरपालिका–२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घर बाहिर बसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७