कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार


१२ असार २०७८, शनिबार
helicopter h7fY175FdM

काठमाडौं, १२ असार । कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुके चढेको हेलिकप्टरमा गोली प्रहार भएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर रहेका थिए ।

घटनामा हेलिकप्टरमा रहेका सबै सकुशल रहेका राष्ट्रपति दुकेका प्रवक्ताले जनाएका छन् । आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । घटनापछि राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भनेर निन्दा गर्दै आफ्नो देश आतङ्कवादसँग लड्न सक्षम रहेको बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७