बिरिङखोलामा नग्न अवस्थामा शव फेला


१२ असार २०७८, शनिबार
death

झापा, १२ असार । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित बिरिङ खोलामा एक पुरुष मृत फेला परेका छन् । मृतक अर्जुनधारा–३ निवासी राजकुमार खनाल रहेकोले प्रहरीले जनाएको छ ।

बिहान ८ बजे स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेर शनिश्चरे प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरी चौकी शनिश्चरे र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले शव पहिचान गर्ने क्रममा ४० बर्षीय खनालको भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । शरीरको माथिल्लो भाग नग्न अवस्थामा स्थानीयले शव देखेका थिए ।

शुक्रबार राति १० बजेसम्म घरमै रहेका खनाल कति बजे घरबाट निस्किएको भन्ने थाहा नभएको आफन्तले प्रहरीलाई बताएका छन् । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७