रौतहटको मौलापुरमा झडप, १५ जना घाइते


१२ असार २०७८, शनिबार
jhadap

रौतहट, १२ असार । रौतहटको मौलापुरमा आज (शनिबार) खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।
मौलापुर नगरपालिका–१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाई दिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले बताए । ‘घटनामा संलग्न सबै घाइते भएका छन् । अहिले सबैको अवस्था खतरामुक्त छ, उपचार भइरहेको छ,’ एसपी शाहले भने ।

दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले अवस्था सामान्य भइसकेको एसपी शाहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७