तमानखोलाको बोङ्गादोभान सिल


१२ असार २०७८, शनिबार
korona

बागलुङ, १२ असार । बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैपटक ठूलो संख्यामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले बजार क्षेत्र एक हप्ताका लागि सिल गरेको छ । बजारमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन्ट परीक्षणमा वडा नं १ बोङ्गादोभान बजारमा मात्रै १७ सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमण दर वृद्धि हुन थालेपछि गाउँपालिकाले शुक्रबारदेखि यही असार १७ गते राति १२ बजेसम्मका लागि बजार पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७