भारतमा थप ४८ हजार संक्रमित, १२ सयको मृत्यु


१२ असार २०७८, शनिबार
korona india 7

नयाँदिल्ली, १२ असार । भारतमा कोरोना भाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् ।

सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने थप सङ्क्रमितको संख्याभन्दा बढी रहेको छ । अधिकारीहरुका अनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ६४ हजार ८१८ रहेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन करोड एक लाख ८३ हजार १४३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । ती मध्ये दुई करोड ९१ लाख ९३ हजार ८५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन लाख ९४ हजार ४९३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि पाँच लाख ९५ हजार ५६५ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । कुल सङ्क्रमितमध्ये ९६.७२ प्रतिशत मानिस कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्कले देखाएको छ । तीमध्ये १.३१ प्रतिशतको मात्रै मृत्यु भएको छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो २४ घण्टामा १७ लाख ३५ हजार ७८१ जनाको कोरोना परीक्षण गरेको छ । यही जुन २५ तारिखसम्ममा भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ पटक कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी देशभरी अहिलेसम्म ३१ करोड ५० लाख ४५ हजार ९२६ मात्रा खोप प्रयोग भएको छ । ती मध्ये ६१ लाख १९ हजार १६९ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७