एनआरएनए र सगुनबीच सहमति


१२ असार २०७८, शनिबार
EVXiyV4AqnagRax8a75n cropped

काठमाडौं, १२ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ-कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ-कमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ ।

त्यस्तै प्रवासमा रहेका नेपालीद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ । एनआरएनए र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन् । ८२ मुलुकमा फैलिएको एनआरएनएले आफ्नो स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीले शुरु गरेका नवीनतम् विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ ।

सो अवसरमा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले प्रवासी नेपालीसँग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन काम गरिरहेको बताए । सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था एनआरएनएसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने बताए ।

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् भने अहिले झण्डै पैंसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहेका छन् र ६५ राष्ट्रहरुबाट चार हजार ५०० भन्दा बढी लगानीकर्ता यसमा जोडिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७