नयाँबानेश्वरमा विपक्षी गठबन्धनको अन्तरक्रिया


१२ असार २०७८, शनिबार
meeting news 20210626090946

काठमाडौं, १२ असार । काठमाडौंको नयाँबानेश्वरमा विपक्षी पाँच दलीय गठबन्धनको अन्तरक्रिया चलिरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत विपक्षी दलका शीर्ष नेता सहभागी छन् ।

अन्तरक्रियामा सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकार सहभागी छन् । विपक्षी गठबन्धनले बिहीबार मात्र सम्पादकहरुसँग सोही हलमा अन्तरक्रिया गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७