‘प्रधानमन्त्रीको प्रस्ताव आउँछ होइन आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन’


१२ असार २०७८, शनिबार
Madhav Kumar Nepal EX PM Nepal scaled

काठमाडौं, १२ असार । नेकपा एमालेका वरिष्ठन नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव आएको बताएका छन् ।
नयाँबानेश्वरमा आयोजित विपक्षी गठबन्धनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तर आफू विपक्षी गठबन्धनलाई धोका दिन नसक्ने स्पष्ट पारेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् ।’ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु भन्दा माधवकुमार नेपाललाई बनाउनु पर्ने ओली समूहका नेताहरुले बताएका थिए ।

कांग्रेसको हातमा सत्ता सम्पनु भन्दा एमालेकै नेतालाई प्रधानमन्त्री बनाउनु पर्ने ओली पक्षका नेताहरुको भनाईप्रति संकेत गरेका नेता नेपालले त्यसलाई अस्वीकार गरेका छन् । उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छैन, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’

नेता माधवकुमार नेपालले आफूहरुको लडाई केपी शर्मा ओलीविरुद्ध नभएको स्पष्ट परेका छन् । आफूहरुको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको उनको भनाइ छ । उनले ओलीले पटक–पटक गलत कदम चालेको बताए । ओलीमा सत्ता, शक्तिको मात चढेको जिकिर उनले गरे । ओलीका क्रियाकलापले लोकतन्त्र नै धरापमा परेको उनले उल्लेख गरे । आफूले ओलीबाट पटक–पटक धोका पाएको पनि उनले बताएका छन् । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन दायर गरिएको रिट अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइकै क्रममा रहेको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७