श्रीलंकाबाट २५ नेपाली महिलाको उद्धार


१२ असार २०७८, शनिबार
mahila
सांकेतिक तस्विर

काठमाडौं, १२ असार । अवैध रुपमा दलालले श्रीलंका पुर्‍याएका २५ नेपाली महिलाको उद्दार भएको छ । भारतको बाटो हुँदै त्यहाँ पु¥याइएका उनीहरु पक्राउ परी अध्यागमन उल्लंघनको मुद्दा खेपिरहेकामा सरकारले उद्दार गरी स्वदेश फिर्ता ल्याउन सफल भएको हो ।

लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्ता पश्चात सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप स्वास्थ्य उपचारसहितको स्वास्थ्य सेवा प्रदान गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले शनिबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उद्दारका लागि पहल गरिँदै आएकोमा बिहीबार उनीहरुलाई नेपाल फर्काउन सफल भएको उल्लेख गरिएको छ । यसअघि केही पहिलो पनि सरकारले श्रीलंकाबाटै ४ महिलाको उद्दार गरेर पारिवारिक पुनर्मिलन गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७