कर्णाली नदीको कटानले भासियो टीकापुर र राजापुर जोड्ने पुल


१२ असार २०७८, शनिबार
pul bhasiyo

कैलाली, १२ असार । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ ।
हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनले भासिएका स्थानमा मर्मत प्रयास भइरहेको बताए ।

कटान हुन थालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भइरहेको स्थानीय भीम बिकले जानकारी दिए । पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भए पनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७