मिटरबक्स जाँच गर्ने क्रममा करेन्ट लाग्दा गयो ज्यान


१२ असार २०७८, शनिबार
current

मकवानपुर, १२ असार । विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ चुच्चेपानीस्थित घरमा विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय राजकुमार मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार, शनिबार दिउँसो विद्युतको मिटर बक्स खोल्ने क्रममा करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारका क्रममा मृत्यु भएको हो ।

आज दिउँसो ३ बजेर ५ मिनेटको समयमा करेन्ट लागेर गम्भीर घाइते भएका ४२ वर्षीय मोक्तानको ३ बजेर ४० मिनेटमा हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी निरिक्षक दासले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७