डेल्टा प्लस भेरियन्टबाट भारत तमिलनाडुमा एक व्यक्तिको मृत्यु, महाराष्ट्रमा २० संक्रमित


१२ असार २०७८, शनिबार
delta plus
Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

नयाँदिल्ली, १२ असार । कोरोनाको डेल्टा प्लस भेरियन्टका कारण भारतको तमिलनाडुमा एक व्यक्तिको मृत्यु भएको छ । यो राज्यमा डेल्टा प्लस भेरियन्टबाट पहिलो पटक मानिसको ज्यान गएको हो । त्यहाँको स्वास्थ्य विभागका अनुसार मदुरई शहरमा बस्दै आएका एक जनाको मृत्यु भएको छ ।

यस राज्यका स्वास्थ्य मन्त्री सुब्रमणियनले शनिबार दिएको जानकारी अनुसार त्यहाँ ३ जनामा डेल्टा प्लस भेरियन्टको संक्रमण पुष्टि भएको छ । जसध्ये एकको मृत्यु हुँदा दुई निको भइसकेका छन् ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार डेल्टा प्लस भेरियन्टबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित छ । त्यहाँ २० व्यक्तिमा यो भेरियन्ट देखिएको जनाइएको छ । बीबीसी हिन्दी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७