२०७८ असार १३ गते आइतबारको तपाईको राशिफल


१३ असार २०७८, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभकार्यको चर्चा चल्ने छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहने छ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । शेयर बजार र सट्टापट्टामा विशेष लाभ मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरानो समस्या सुल्झाउन सकिने छ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्, तर शेयर बजार र ठेक्का पट्टाको काममा भने नोक्सानी हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । काम गर्ने जोश, जाँगर र उमंग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कार्यमा बाधा आउने छ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मन मिल्ने साथीको सहयोग मिल्ने छ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद् यात्राको योग छ । शुभ कार्यको चर्चा चल्ने छ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कार्यको योजना बन्ने छ । प्रविधि मार्फत अध्ययनलाई निरन्तरता दिन सकिने छ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७