रोइरहन्छ दिलमायाको दिल


१३ असार २०७८, आईतवार
Udayapur 4 20210627003017 nDFsyRjECg

ओखलढुङ्गा, १३ असार । ओखलढुङ्गाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो । सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो ।

पहाडमा पाखो पखेरो बाहेक केही थिएन । साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन । करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे । अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठोक्किन पुगे । उनीहरूले उनको खेतीपाती धानिदिने, बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्यान ओत्याउन दिने समझदारी भयो ।

त्यतिबेला ४८ वर्षका थिए बालबहादुर । दिलमाया थिइन् भर्खर ३९ वर्षकी । गाउँमा श्रम गरेका उनीहरूलाई काम गरिखान गाह्रो थिएन । त्यसपछि उनीहरूका शरीर सञ्चालन भए त्यही जमिनमा पसिना बगाउन । जसोतसो गुजारा चल्दै गयो । दाहाल परिवारले दिएको एउटा कुनाको जग्गामा झुपडी बनाएका थिए । त्यहीं खान्थे, बस्थे । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७