मधेश समता पार्टी एमालेमा


२६ आश्विन २०७४, बिहीबार
madesh samata party

काठमाडौँ : नेकपा (एमाले)मा मधेश समता पार्टी नेपाल समाहित भएको छ । एमाले संसदीय कार्यालयमा बिहिबार आयोजित कार्यक्रममा समता पार्टी समाहित भएको हो ।

madesh samata party
एमाले अध्यक्ष केपी शर्मा ओलीले समता पार्टीका अध्यक्ष मेघराज नेपालीलाई टीका लगाई पार्टी प्रवेश गराएको हो । पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमालेको देशप्रति देखाएको सद्भावका कारण प्रवेश गर्नेको लहर छाएको बताए ।
तोकिएको समयमा निर्वाचन हुने ठोकवा गर्दै ओलीले सबै जनताको प्रिय पार्टी एमाले भएको धारणा राखे ।
उनले एमालेले अरुलाई पार्टी प्रवेश गराएर धोका दिन काम गर्ने दिने समेत बताए । कम्युनिष्टले नै देश बनाउने भन्दै उनले भने,‘कम्युनिष्ट भनेको सत्य र निष्ठामा चल्नु पर्दछ । कम्युनिष्ट नै देश बनाउने छन् ।’
अध्यक्ष ओलीले मधेशी जनताको अधिकार कटौती गर्ने पार्टी मधेशवादी नभएको जिकिर गर्दै मधेशको विकास र समृद्धि गर्ने पार्टी एमाले मधेश विरोध नभएको दाबी गरे ।
उनले एमाले नेताको हुकुमले नभई विधि र नीतिबाट चल्ने पार्टी भएको बताउँदै समाहित भएकालाई पार्टीले उचित जिम्मेवारी दिने धारणा राखे । कार्यक्रममा समता पार्टीका अध्यक्ष नेपालीले एमालेको राष्ट्रप्रति लिएको सही अडानका कारण आफूहरु एमालेमा समाहित भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७