आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


१३ असार २०७८, आईतवार
badhi 3

काठमाडौं, १३ असार । अहिले देशभर मनसुनी प्रभाव रहेको छ । मनसुनी प्रभावका कारण देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

आज कोशी र यसका स–साना सहायक नदीमा पानीको बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ । बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज वागमती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । कन्काई, कमला जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम-भारी वर्षा भई बहाव बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, पाल्पा, दाङ, बाँके, रुकुम, रोल्पा, सल्यान, मुगु, दार्चुला, बझाङ, बैतडी र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सके पूर्वानुमान छ ।
हेर्नुस् बाढीको पूर्वानुमान सूचना

iafmdgkdm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७