कोरोनाबाट जिसस सदस्य स्याङ्तानको घरमै निधन


१३ असार २०७८, आईतवार
sanu kanchii

मकवानपुर, १३ असार । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तानको निधन भएको छ ।
कोभिड–१९ संक्रमित भई अस्वस्थ भएकी स्याङ्तानको आइतबार बिहान साढे ४ बजे राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित घरमै उनको निधन भएको हो ।

कोभिड–१९ संक्रमित भएपछि राक्सिराङको चैनपुरस्थित आइसोलेसन वार्डमा उपचार गराइरहेकी स्याङ्तानको स्वास्थ्यमा समस्या भएपछि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडा अस्पतालमा पनि केही दिनको उपचारपछि स्वास्थ्यमा जटिलता भएसँगै थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

केही दिनअघि नै कोभिड–१९ संक्रमणमुक्त भए पनि कोभिड–१९ कै कारण निमोनियाबाट गम्भीर रुपमा प्रभावित भएको भनी परिवारका सदस्यले जानकारी दिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । दमसम्बन्धी स्वास्थ्य समस्या भएकाले पनि कोभिड–१९ संक्रमणले स्वास्थ्य अवस्था जटिल भएको बताइएको छ ।

नेकपा एमालेबाट उम्मेदवारी दिनु भई राक्सिराङ गाउँपालिका–३ बाट वडा सदस्य निर्वाचित भएकी स्याङ्तान जिल्ला समन्वय समिति सदस्य निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७