पार्टी एकतामा प्रयत्नशील छौं, आशा मारेका छैनौं : प्रदीप ज्ञवाली


१३ असार २०७८, आईतवार
pradeep
फाइल फोटो

काठमाडौं, १३ असार । सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताका लागि आफूहरु प्रयत्नशील रहेको बताएका छन् ।
आज (आइतबार) बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि उनले नेता माधवकुमार नेपालसहितको एमाले बनाउन औपचारिक–अनौपचारिक छलफल भइरहेको जानकारी दिएका छन् ।

एमाले अक्षुण्ण राख्नका लागि प्रयास भइरहेको उनले उल्लेख गरे । प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानमा केन्द्रित रहेर छलफल पनि गरिरहेको दाबी गरे । सीमित नेताहरुको चाहना र जनताको चाहना मेल नखाएको उनको भनाइ छ ।

‘जनताका चाहनाअनुसार उहाँहरुको क्रियाकलाप मेल खाइरहेका छैनन् । जनस्तरबाट पनि गम्भीर टीकाटिप्पणी भइरहेको छ । हामी प्रयत्नशील छौं । आशा मारेका छैनौं । तर, नेताहरु के गर्नुहुन्छ, आन्दोलन र राजनीतिक जीवनलाई कुन बाटोमा लैजानु हुन्छ, त्यो चाहिं भविष्यले बताउँला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७