संवैधानिक इजलासमा प्रधानन्यायाधीशले भने–यो त जिस्क्याए जस्तो भयो


१३ असार २०७८, आईतवार
Cholendra Shamsher

काठमाडौं, १३ असार । प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १४६ कानुन व्यवसायीको सुनुवाइको आज सकिंदैछ । असार ९ गतेदेखि शुरुवाती बहस गरेका सांसदका कानुन व्यवसायीहरूले आइतबार २ घण्टा ३५ मिनेट बहस गरेपछि समय सकिने छ ।

संवैधानिक इजलासले रिट निवेदक र विपक्षीका लागि बहसको समय १५–१५ घण्टा छुट्याएको थियो । रिट निवेदकका लागि शुरुवाती बहस गर्न १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा छुट्याइएको थियो । रिट निवेदकका पक्षमा बहस गर्न २५० भन्दा बढी कानुन व्यवसायीले नाम लेखाएका थिए । उनीहरूमध्ये बढीभन्दा बढीलाई बहसका लागि कानुन व्यवसायीले समय विभाजन गरेका छन् । त्यसमा ५ मिनेटदेखि साढे एक घण्टासम्म समय विभाजन गरिएको थियो ।

thumb 12

आइतबारभन्दा पहिले बहस गर्ने कानुन व्यवसायीले १० मिनेटभन्दा बढीको समय पाएका थिए । शुरुवाती बहसको अन्तिम दिन भने ५ मिनेट समय विभाजन गरिएको छ । कानुन व्यवसायीको बहसका लागि ५ मिनेट समय विभाजन गरिएकाबारे प्रधानन्यायाधीशले प्रश्न गरेका छन् । यति छोटो समयमा कानुन व्यवसायीले कसरी विषय राख्न सक्छन् भनेर प्रश्न गरेका हुन् ।

इजलाससामु वरिष्ठ अधिवक्ता सविता राजभण्डारी बहसका लागि आएपछि प्रधानन्यायाधीशले भने, ‘रिट निवेदकले ५ मिनेट त के समय छुट्याएको हो ? यो त जिस्क्याए जस्तो भयो । यहाँ आएर उभिएर जाने हो ? ५ मिनेटमा के भन्न सकिन्छ र ?’ समय विभाजनप्रति रिट निवेदकका कानुन व्यवसायीले पनि असन्तुष्टि जनाउँदै आएका छन् । विषयवस्तु राम्रोसँग राख्नका लागि नसकिएको भन्दै उनीहरूले समय कम भएको बताउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७