हायसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा तीन जनाको गयो ज्यान


१३ असार २०७८, आईतवार
sunsari accident bus and van

काठमाडौं, १३ असार । सुनसरी कोशी गाउँपालिका–८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायस गाडीले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार विहान पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ बर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ बर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ बर्षीय विवश तामाङ र हायसका सहचालक सोही स्थान–११ का २५ वर्षीय नारायण बत्सयालको बिराट नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७