इटलीद्वारा २० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग, क्यानडाले पठाउँदै


१३ असार २०७८, आईतवार
Ventilator italy

काठमाडौं, १३ असार । इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन् । हस्तान्तरण्का क्रममा नेपालका लागि इटालीकी राजदूत भिन्सेन्जो डि लुकालगायत जर्मनी र फ्रान्सका राजदूत पनि उपस्थित थिए ।

राजदूत डि लुकाले युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत प्रदान गरिएको राहत नेपालीहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको स्रोत भएको बताए । यस्तै युरोपियन युनियनकी राजदूत नोनाले यो सहयोगले नेपालीहरुको अमूल्य जीवन बचाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

क्यानडा स्वास्थ्य सामग्री पठाउँदै
क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण उपकरण अभावमा बिरामीले ज्यान गुमाउनु परेको अवस्थामा क्यानडा सरकारले सहयोग गर्न लागेको हो ।

जुन २४ मा अन्तर्राष्ट्रिय विकास मन्त्री करिना गोल्ड र स्वास्थ्य मन्त्री प्याट्टी हजदूले नेपालमा आवश्यक स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको क्यानडामा माउन्ट एभरेष्ट टेलिभिजन सञ्चालन गरिरहेका टोस्टराज (बसन्त) कार्कीले जानकारी दिए । क्यानडा सरकारले पठाएका २७ थान भेन्टिलेटर र १६००० थान पीपीईलगायतका सामाग्री आज दिउँसो ४ बजे एक विशेष विमानमार्फत नेपाल आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७