भिमार्जुनको प्रश्न : एक व्यक्ति एकै कार्यकालमा सबै धारा अनुसार प्रम हुने कहाँ लेख्या छ ?

‘धारा ७६ (५) मा ह्वीप उल्लंघन गरे पनि सांसदलाई कारबाही गर्न मिल्दैन’


१३ असार २०७८, आईतवार
bhimarjun1608447598

काठमाडौं, १३ असार । संविधानविद् भीमार्जुन आचार्यले सांसदको अधिकार राष्ट्रपति र प्रधानमन्त्रीले छिन्न नसक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहसमा भाग लिँदै उनले धारा ७६ (५) को व्यवस्था राष्ट्रपति र प्रधानमन्त्रीले दाबी गरे जस्तो नभएको बताए ।

उनले भने, ‘उहाँहरुले जनताका प्रतिनिधिको अधिकार छिन्न सक्नु हुन्न । सार्वभौम संसद्को अधिकार छिन्न सक्नु हुन्न । सार्वभौम संसद्लाई मात्र रहेको विश्वासको मत दिने वा नदिने अधिकार राष्ट्रपति वा प्रधानमन्त्रीले खोस्न सक्नु हुन्न ।’

आचार्यले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदहरुलाई कारबाही नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै यनले धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्गन गर्दा राजनीतिक दलसम्बन्धी ऐन आकर्षित नहुने बताएका हुन् ।

‘दल त्याग हुन राजीनामा दिएमा, अर्को पार्टी प्रवेश गरेमा, अर्को पार्टी गठन गरेमा हुन्छ’ उनले भने, ‘संसदीय दलको ह्वीप उलंघन गरेमा दल त्यागको ऐन आकर्षित हुन्छ । अन्यथा दल त्याग गरेको मानिंदैन ।’

संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई दलीय समर्थन हुन सक्ने भए पनि खासमा यो उपधाराले सांसदकै समर्थनको का गरेको उनले बताए । ‘धारा ७६ (५) मा ह्वीप उल्लंघन गरे पनि राजनीतिक दल सम्बन्धी ऐन लाग्दैन । हीप लाग्ने ब्यबस्था सरकार गठनको सन्दर्भमा ७६ (२) मा मात्र हो’ उनले भने । अधिवक्ता आचार्यले एउटा कार्यकालमा एउटै व्यक्ति सबै धारा अनुसार प्रधानमन्त्री हुन नमिल्ने बताए । ‘यस्तो हुने भन्ने काहीं लेख्या छ ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७