बाल सुधार गृहबाट भागेका चार जना पक्राउ


१३ असार २०७८, आईतवार
balsudha griha biratnagar

मोरङ, १३ असार । शनिबार मोरङको विराटनगर ३ स्थित बालसुधार गृहको छतबाट हाम फाली भागेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुधार गृहको छतबाट हाम फाल्ने क्रममा एक जनालाई तत्कालै नियन्त्रणमा लिइएको जिप्रका मोरङका प्रहरीइ नायब उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए ।

अन्य ३ जना फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज बिहान ९ः१५ बजे विराटनगर महानगर–४ स्थित पुलचोक नहर छेउबाट पक्राउ गरेको हो ।
सो क्रममा उनीहरु सामान्य घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ भने प्रहरीले अनुसन्धान समेत गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७