चुम्बनले बेलायती स्वास्थ्यमन्त्रीको पद नै ‘चैट’


१३ असार २०७८, आईतवार
bcabf8b11ba4b65a561e808dde7a6a45 w1000 h500 cp

काठमाडौं, १३ असार । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान ककले पदबाट राजीनामा दिएका छन् । चुम्बन गरेकै कारण उनले पदबाट राजीनामा दिनु परेको बीबीसीले जनाएको छ ।

कोरोना प्रकोपबीच सामाजिक दूरीको ‘व्यक्ति–व्यक्तिबीच अपनाइनु पर्ने दूरीको’ नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि ह्यानककमाथि राजीनामा दिन दबाब बढेको थियो । द सन पत्रिकाले तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेको थियो ।

कयौं पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन् । तस्बिरहरु पोस्ट भएपछि ह्यानकक र जिनाबीच अफेयर भएको चर्चा सुरुवात भएको छ ।

बीबीसीका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्दै ह्यानककले आफूले नागरिकको चित्त दुखाएका कारण राजीनामा दिएको बताएका छन् । स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा कोरोनाको नियम तोडेकोमा बारम्बार माफी मागेको बताइएको छ ।

यद्यपी उनले जिनासँगको अफेयरको बारेमा केही बताएका छैनन् । प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू दुःखी भएको प्रतिक्रिया दिएका छन् । ट्वीटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, ‘म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ । यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु र हामी जसले नियम बनाउँछौं त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७